सुविसु क्यान इन्फोटेक माघ १४ देखि

माघ ४।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विगत २१ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास र विस्तारका लागि वर्षेनि गर्दै आएको सूचना–प्रविधि सम्मेलनको आगामी संस्करण आगामी माघ १४ गतेदेखि राजधानीमा सुरु हुँदैछ ।

महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सुविसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसनविथ हुवावे’को तयारीबारे विस्तृत जानकारी गराएको हो ।

सम्मेलन आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनी स्थलमा हुँदैछ ।

विश्वमा सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिकोबारेमा जानकारी प्रदान गर्ने उद्देश्यले महासंघले मेला आयोजना गर्दै आइरहेको महासचिव विश्व राम बलामीले बताए ।

प्रदर्शनीमा ब्रान्डिङ प्रदर्शनी कक्षहरुसहित सूचना प्रविधिसम्बन्धीका जम्मा १७५ स्टलहरु रहने जनाइएको छ ।

अघिल्लो वर्षको मेला ३ लाख ३१ हजार बढीले मेला अवलोकन गरेका थिए भने योपटक ४ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीका अवसरमा यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित विभिन्न विषयमा गोष्ठीहरुसमेत गरिने जनाइएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.