आयो स्मार्ट लठ्ठी, बुढाबूढीका लागि उपयुक्त सहारा

अमेरिकाको लस भेगासमा भैरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एक पछि अर्को नयाँ प्रविधिहरु सार्वजनिकीकरण तथा प्रदर्शन भैरहेका छन् । एक चिनिया कम्पनीले निर्माण गरेको स्मार्ट लठ्ठी पनि प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको छ ।
चिनिया कम्पनी हुवाहेले बनाएको यो स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि छ । जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ ।
त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन सक्छन् ।
वास्तवमा यो स्मार्ट लठ्ठी बुढाबुढीका लागि समेत सहयोगी हुन्छ । किनकी यसमा आफू जानुपर्ने ठाउँको नक्सा पहिले नै सेट गरिसकेपछि बाटोमा हिँड्दा यसले बाटो पहिल्याइदिने र गलत बाटोमा गएमा सूचना दिने गर्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.