नायिका शुभेच्छा थापा ६ महिनाका लागि निलम्बित

माघ ५।  बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अंग ढाकेर तस्वीर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार संघले कारबाही गरेको छ ।

संघको कार्यसमितिको बैठकले उनलाई ६ महिनासम्म चलचित्रसम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

/>‘देशका गहना कलाकारले कुनैपनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्‍याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही’ गरिएकोे उनको भनाइ थियो ।

उनले भने–‘उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’

केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सन्जालमा उक्त अर्धनग्न तस्वीर राखेकी थिइन् । त्यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो । रासस 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.