एनसेलले निस्कृय सेवा बन्द गर्न सघाउने

एनसेलले आफ्ना ग्राहकलाई आफूले सुचारु गरेका तर प्रयोग नगरिरहेका सेवाबारे जानकारी प्रदान गर्दै सो सेवा प्रयोग गर्ने निश्चित नभए निस्कृय गर्न सघाई रहेको छ ।
सेवाग्राहीलाई उत्कृष्ट सेवाको अनुभव प्रदान गर्न कम्पनीले यस्तो अभियान चलाएको हो । अभियान अन्तर्गत एनसेलले ग्राहकलाई आफ्नो छनौटको अधिकारलाई लाभदायक रुपमा उपभोग गर्न अनुरोध गरेको छ । विशेष गरि शुल्क लाग्ने सेवा हो भने तिनलाई उपभोगको आधारमा एक्टिभेट वा बन्द गर्न सुझाएको छ ।
यो अभियान विशेष गरि पर्सनल रिंगब्याक टोन (पिआरबिटी) तथा माई ५ जस्ता सेवाको स्वतः नविकरण हुने विधिमा एक्टिभेट गरेका तर लामो समयसम्म पनि सो सेवा प्रयोग नगरिरहेका ग्राहकलाई लक्षित गरि ल्याएको हो ।
एनसेलले पिआरबिटी तथा माई५ नामक स्थाई सेवा बजारमा ल्याउँदा ग्राहकलाई प्रत्येक महिना आफैंले नविकरण गर्ने वा स्वतः नविकरण हुने गरि सेवा एक्टिभेट गर्ने विकल्प दिएको थियो । स्वतः नविकरण विधिमा सेवा एक्टिभेट गर्दा सेवा प्रत्येक महिना स्वतः नविकरण हुने र त्यस वापत शुल्क लाग्ने गरेको छ ।
‘हामीले ग्राहकको सेवा प्रयोगको ट्रेन्डको अध्ययन गर्दा कतिपय ग्राहकले यस्ता सःशुल्क सेवालाई स्वतः नविकरण विधिमा छानेको तर त्यसको हेक्का नरहेको पायौं । यस्तै अवस्था अन्य ग्राहकको पनि हुनसक्ने र उनीहरुलाई के कारण ब्यालेन्स काटियो भन्ने हेक्का नहुन सक्ने बुझेर हामीले यो अभियान चालेका हौं’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
अभियान अन्तर्गत एनसेलले आफ्ना सम्पूर्ण ग्राहकलाई आफूले प्रयोग गरेको सेवा बारे जानकार रहन, जानकारी नभएमा जानकारी लिन आग्रह गरेको छ । साथै स्वतः नविकरण विधिमा पिआरबिटी तथा माई५ जस्ता शुल्क लाग्ने सेवा लिएका तर लामो अवधिसम्म पनि यी सेवा प्रयोग नगरेका प्रत्येक ग्राहकलाई एसएमएस मार्फत उनीहरुको स्थिती जानकारी गराउँदै सेवा प्रयोग नगर्ने हो भने कसरी डिएक्टिभेट गर्ने भन्ने जानकारी पनि प्रदान गरेको छ ।
हालसम्म माई५ सेवा स्वतः नविकरण विधिमा लिएका तर सेवा भने प्रयोग नगरिरहेका करिब २ लाख ५० हजार ग्राहकले यो सेवा डिएक्टिभेट गरेका छन् । साथै यसै विधिमा पिआरबिटी सेवा एक्टिभेट गरेका तर प्रयोग नगरेका करिब १४ लाख ग्राहकले पनि सेवा डिएक्टिभेट गरेका छन् ।
“एक्टिभेसन कुन विधिमा भएको भन्ने हेक्का नराखेका ग्राहकलाई प्रत्येक महिना शुल्क काटिदा अप्रत्याशित लाग्नु स्वभाविकै हो । यस्तो स्थिति रहनु कम्पनीका लागि पनि अस्विकार्य भएकाले हामीले यी सेवा प्रयोग नगर्ने सम्पूर्ण ग्राहकलाई सेवा डिएक्टिभेट गराएका छौं,” शर्माले भने ।
ग्राहकले यस्तो सेवा एक्टिभेट भए नभएको जानकारी एनसेल एप मार्फत अथवा कल सेन्टरबाट लिन र आफ्नो छनोटको अधिकारलाई लाभप्रदरुपमा प्रयोग गर्न पनि शर्माले अनुरोध गरे ।
माई५ कसरी निष्कृय गर्ने ?
ग्राहकले ५५९९ मा फोन गरेर प्राप्त जानकारी अनुसार यो सेवा डिएक्टिभेट गर्न सक्छन् । साथै एस्टि्रक्स ५५९९ हृयास डायलगरी ६ थिचेर पनि यो सेवा बन्द गर्न सकिन्छ ।
पिआरबिटी कसरी निष्कृय गर्ने ?
पिआरबिटी सेवा एक्टिभेट गरेका तर प्रयोग नगरिरहेका ग्राहकले अंग्रेजीमा आर (R) टाइप गरी ९२०९ मा एसएमएस पठाइ सेवा बन्द गर्न सक्छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.