प्रशिक्षक जिदानको पहिलो खेल, बेलको हृयाट्रिक


पुष २६। प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो १०० औं गोल थियो ।
२२ औं मिनेटमा बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले ६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।
खेलको अन्तिममा बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।
जितसँगै रियल मड्रिडले तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.