आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु! र देश विदेशमा छरिएर बस्नुभएका मेरा सम्पूर्ण भक्तजनहरु। मेरो सत्य घटनामा आधारित एउटा लेख तयार पारेकी छु, यो सानो लेखलाई यहाँहरु समक्ष पस्कने अनुमति चाहन्छु।
“मैले सपनामा देखेको केही समय पछि, पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारसँग मेरो भेट भयो। यो भेट हुनुमा मैले एकजना कोही ब्यक्तिलाई मैले देखेको सपनाको बारेमा सुनाएकी थिएँ। मैले सो कुरा ऊहाँलाई सुनाएपछि उहाँ म प्रति केही ईच्छुक भएको जस्तो मैले बुझेँ। ऊहाँ नेपालको एकदमै राम्रो र असल ब्यक्तित्व हुनुँहुँन्छ। ऊहाँ पत्रकारितामा सक्रिय हुनुहुँन्छ, र देश विकासका लागी अत्यन्तै सकारात्मक बिचार राख्ने, एक कुशल समाचार प्रस्तोता पनि हुनुहुन्छ। ऊहाँले नै मलाई पूर्व राजा ज्ञानेन्द्र सरकारसँग भेट हुने वातावरणको सृजना गराईदिनुभयो। त्यस बखत ममा पनि खुसीको सीमा नै रहेन, किनकी मैले सपनामा देखेको हाम्रा प्यारा राजा ज्ञानेन्द्र सरकारसँग भेट्न पाउने भएँ भनेर।
पूर्व राजाका एक सचिवबाट मेरो लागि दर्शन भेटको समय तोकियो, सचिव ज्यूले दिनुभएको समय अनुसार बिहान १०:३० बजेको समयमा सरकारसँग भेट्ने कार्यक्रम जुराईयो। सचिव ज्यूले दिनुभएको समय भन्दा करीब एक घण्टा अगाडी नै पो निर्मल निवास पुगिछु म त। म एउटा सानो गाडीमा त्यहाँ पुगेकी थिएँ। निर्मल निवासको ठ्याक्कै अगाडी मेरो गाडी रोकियो। निर्मल निवासको गेटमा बसेका सुरक्षाकर्मीले मेरो गाडीको झ्यालमा आएर सोधे! हजुर सरकारलाई भेट्न आउनु भएको हो? मैले अत्यन्तै नम्र स्वभावमा जवाफ दिएँ! हो हजुर! म सरकारलाई भेट्न आएकी हुँ। तर सचिव ज्यूले १०:३० बजेको समय दिनुभएको थियो, हेर्नुस् न म त एक घण्टा अगाडी नै पो आईपुगीछु अब के गर्ने होला? त्यसपछि ती सुरक्षाकर्मीले मलाई सोधे! पुरा भिडियोमा सुन्नुहोस !!
अन्तिम घडीमा सबै नेपालीले भन्नेछन्! राजा आऊ, देश बचाऊ! हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ! यती भन्दै मेरो सत्य घटनामा आधारित यो छोटो लेखलाई पूर्णविराम लगाउँदै, मेरो यो लेखलाई सम्पादन गरी सहयोग पुर्याउनुहुने गायक तथा सर्जक, दाई निलमणी भण्डारी ,र यो लेखलाई आफ्नो मुखराबिन्दबाट अत्यन्तै मीठो शैलीमा वाचन् गरीदिनुभएकोमा कुशल पत्रकार दाई टीका अधिकारीलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु।।।। धन्यवाद!!!! osnepal
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.