अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिनु नपर्ने

काठमाडौं–ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।

गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।

सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला गृहमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर सो निर्देशन दिएका हुन् ।

यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय लिएर छाड्ने कार्य प्रहरीले गत जेठ १६ गतेदेखि गर्दै आएको थियो ।

गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ ।

ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.