बागलुङमा भयानक दुर्घटना : जिप सडकबाट चिप्लिँदा २ को मृत्यु , ८ घाइते

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

बागलुङको काठेखोला–७ जिरेदीमा एकाबिहानै रेशबाट बाग्लुङ सदरमुकामका लागि छुटेको ध १ ज १८८ नम्बरको उक्त जिप दुर्घटनामा परी स्थानीय २५ वर्षका लालबहादुर थापा र ८ वर्षका दीपक कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भिर घाइते हुनेहरुमा स्थानीय ३५ वर्षकी पार्वती कार्की, २५ वर्षका सुमन थापा, ३७ वर्षका प्रेमबहादुर थापा र ३० वर्षका गाडी चालक रोशन कार्की रहेका छन् । घाइतेलाई तत्कालै उद्धारगरी प्रहरीले अस्पताल पुराएर आकस्मिक रुपमा नै उपचार गर्न सहयोग गरेको हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.