तराईमा बाढी बस्तिमा पसेपछि सर्वसाधारणको बिजोग

राजविराज, २२ असार । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ ।

यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको र केही घर कटानसमेत गरिएको स्थानीयवासी बिनाई तिवारीले गुनासो गर्नुभयो ।
नदीको पानी सिधै बस्तीमा पस्ने गरेकाले पानीको मात्रा बढ्न थालेपछि घर छाडेर अधिकांश व्यक्ति छिमेकीको शरणमा पुगेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.