मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ ।

यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।

सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् । भिडियो साैजन्य, सुवाङ जयको फेसबुक वाल । onlinekhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.