जहाँ ज्यानको बाजी लगाई बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ !

जाजरकोट – बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ ।

पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे रु २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन् ।

साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि यो बाटोमा कष्टकर यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि गर्ने गरेका छन् ।

नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि यहाँका स्थानीय बाटो नहुँदा पाइलैपिच्छे रकम तिर्न बाध्य भएका हुन् ।

कडा चट्टान र भिरालो जमिनमा बम पड्काएर भत्किएको बाटो समयमै मर्मत नहुँदा दैनिक सय भन्दा बढी यात्रु यात्रा गर्न पैसा तिरेरै नजिकका स्थानीयको शरणमा पर्दै बाटो पार गर्ने गरेका छन् ।

बाटो पार गर्नका लागि डोरीको प्रयोगदेखि चट्टानमा उम्रिएका खरको सहारा लिनुपर्ने बाध्यता रहेको छ । बाटोमा केही सामग्री नल्याई खाली आए पनि, आउन र जान ज्यानको बाजी नै लगाउनुपर्ने हुन्छ, अलिकति तलमाथि हुने बित्तिकै नलसिंहगाड नदीमा परिन्छ । यसरी ज्यान बचाउनकै लागि भएपनि पैसा तिर्न बाध्य भएको वारेकोट गाउँपालिका–९ का रवि महतराले बताए ।

निर्माणको जिम्मा लिएका ठेकेदारले जथाभावी पहिलेको बाटो भत्काएर बनाएको नयाँ बाटोमा मानिससम्म हिँड्न नमिल्ने पारेर मर्मत नगर्दा निकै समस्या भएको महतराले बताए ।

करिब १० किलोमिटर बाटो निर्माण हुँदैछ । यो बाटोमा माथिबाट ढुङ्गा खस्ने भएकाले अत्यन्त जोखिमयुक्त बाटोको रुपमा लिइँदै आएको छ । ratopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.