‘विभाजित समाज जोड्छु’

असार २१, २०७४- उम्मेदवारी दर्तादेखि उनी चर्चामा थिइन् । कम उमेर र तार्किक भाषणले उनलाई जिल्लाभर चिनाएको थियो । मंगलबार २४ वर्षीया शिवकुमारी चौधरी (थारू) शिवराज नगरपालिकाको उपमेयर चुनिएपछि चर्चा चुलिएको छ । उनले जिल्लाको दोस्रो व्यापारिक केन्द्रमा २ हजार ९ सय ३३ मतान्तरले चुनाव जितिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार ९ सय ६२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गरेकी थिइन् ।

परिस्थिति आकलन गरेर आफ्ना कुरा राख्ने शिवराज–१ शिवपुरकी उनलाई युवा, प्रौढ र वृद्धले रुचाएका छन् । ‘यहाँ समाज र स्थानीयका मान्यता विभिन्न कारणले विभाजित छन्,’ मंगलबार उनले भनिन्, ‘त्यसलाई जोड्न मैले उम्मेदवारी दिएकी थिएँ ।’

सद्भाव कसिलो बनाउँदै सामाजिक न्याय, रोजगारी र ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन् । ‘कति गर्न सक्छु त्यो भविष्यले बताउँछ,’ उनले भनिन्, ‘काम गर्ने वातावरण बनाउन सबैसित आग्रह गर्छु ।’ उम्मेदवार बन्नुअघि उनी शिक्षिका र सामान्य कार्यकर्ता थिइन् । नगरको जातीय सन्तुलन र युवालाई आकर्षित गर्न एमालेले उनलाई उम्मेदवार बनाएको थियो । ‘पार्टीले टिकट दियो, स्विकारेर अघि बढें,’ उनले भनिन्, ‘अब जिम्मेवारी निभाउँछु ।’

सुरुआतमा नयाँ क्षेत्रमा कदम चाल्दा डर लागेको उनले बताइन् । पारिवारिक जिम्मेवारीबाट अब नगरपालिकाको जिम्मेवारी थपियो । उनले ६ वर्ष रेडियो समानतामा थारू भाषाको कार्यक्रम चलाइन् । रेडियोकर्मीका रूपमा उनको प्रस्तुति र आवाजले सबैलाई मोहित बनाएको थियो । त्यसको फाइदा उनलाई चुनावमा भयो । ‘आफूलाई चिनाएर भोट माग्न गाह्रो भएन,’ उनले भनिन् । उनले नगरभित्र रहेको सामाजिक विभेद, लैंगिक हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

‘धेरै जिम्मेवारी थपियो,’ उनले भनिन्, ‘मलाई पढाइ छुट्छ कि भन्ने चिन्ता छ ।’ नेपाल आदर्श उमाविमा नेपाली विषयमा बीएड तेस्रो वर्ष अध्ययन गरिरहेकी उनको एमएडसम्म पढ्ने चाहना छ ।
kantipur.ekantipur

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.