यी हुन् शाही परिवारमा जन्मिएकी विद्रोही स्वभावकी साउदी राजकुमारी

एजेन्सी । साउदी अरबमा महिलाहरुलाई धेरै कुराको बन्देज लगाइएको छ । तर, यस देशकी राजकुमारीले बन्देजका बाबजुद पनि महिलाहरुले केही गर्न सक्छन् भन्ने उदाहरण पुरा विश्वलाई दिएकी छिन् । हालका दिनहरुमा सामाजिक सञ्जालमा यी राजकुमारीको तस्बिरहरु भाइरल भइरहेका छन् । ३३ वर्षिय अमीराह अल तावील यस्ती पहिली महिला हुन् जसले शरिर ढाकिने पुरै कपडाको सट्टा युरोपियन कपडा लगाउन सुरु गरिन् ।

उनले बुर्का र हिजाब लगाएर बाहिर हिड्न अस्विकार गरिदिएकी थिइन् । यी राजकुमारी युरोपियन लाइफस्टाइलबाट प्रभावित भएको प्रष्ट तस्बिरहरुमा देख्न सकिन्छ । अमीराह हाल सबै संघर्ष गरिरहेका महिलाको लागि प्रेरणाको स्रोत पनि बनेकी छिन् । उनले साउदी अरबमात्र नभइ पुरै विश्व घुमेर देखाइदिएकी छिन् । उनले हालसम्म ७० वटाभन्दा धेरै देश घुमिसकेकी छिन् ।

विश्वको कुनै कुनामा यदी आपत बिपत आइपर्यो भने उनी मदत गर्न पुगिहाल्छिन् । उनले अफ्रिकाका घरबिहिन भएका मानिसहरुलाई घर बनाउने काम गरेकी छिन् । पाकिस्तानका बाढीपिडितलाई उनले राहत दिने काम गरेकी थिइन् । सोमालियामा समस्यामा रहेका मानिसहरुको मदत गर्न उनी बारम्बार सोमालिया जाने गर्छिन् ।

साउदी अरबमा महिलाहरुलाई विभिन्न धर्मको नाममा बन्देज लगाइएको छ । तर, अमीराह भने आफ्नो तरिकाले जीवन बिताइरहेकी छिन् । आफ्नो लाइफस्टाललाई परिष्कृत गर्दै अरुको मदत गर्ने उनको यो बानीकै कारण धेरै महिलाहरु उनीबाट प्रभाबित रहेका छन् । अमीराह ड्राइव पनि गर्छिन् । अरु महिलाहरुको हकका लागि उनले आवाज समेत उठाउँदै आइरहेकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.