साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?

काठमाडौं, असार २७—निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ । हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनःनाम दर्ता गराउन नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । आयोगले मतदाता नामावलीमा समयसापेक्ष सुधार गर्दै जाने क्रममा तस्बिरसहितको मतदाता नामावली तयार गर्दै आएको छ ।

पछिल्लो पटक आयोगले गत फागुन ९ गते अगाडि १८ वर्ष उमेर पूरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो । सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो । हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ ।

यसअघि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायत कार्यक्रमबाट मतदाता नामावली सङ्कलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगन भएको थियो । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.