एन्फाका पदाधिकारी र असन्तुष्ट पक्षबीच छलफल सुरु

मंगसिर १०।  अखिल नेपाल फुटवल संघ एन्फालाई एक ढिक्का बनाउने विषयमा एन्फाकै पदाधिकारी र असन्तुष्ट समूहबीच छलफल सुरु भएको छ।  
 
एन्फाका पदाधिकारी र असन्तुष्ट पक्षबीच विभिन्न चरणमा अनौपचारिक छलफल भएको हो। असन्तुष्ट पक्षका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले मिलेर जान आफूहरू तयार रहेको घोषणा गरेसँगै दुवै समूहबीच छलफल सूरु भएको हो।
 
एन्फाको भावी नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि उनीहरुबीच छलफल भएको छ। उपाध्यक्ष शेर्पाले विधान सम्मत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्। निर्वाचित १५ जना सदस्यले अस्थायी नेतृत्व चयन गर्ने र त्यस नेतृत्वले नयाँ नेतृत्व चुन्नुपर्ने धारणा उनले राखे।
 
एन्फा अध्यक्ष बन्न धेरैले इच्छा राखेको भन्दै उनले क्लवका सदस्य र जिल्ला पदाधिकारी नभएकाहरुलाई नेतृत्व सुम्पिन नसक्ने धारणा राखे। आफूहरुले बाहिरबाट व्यक्ति ल्याई नेतृत्व चयन गरेपनि एएफसी र फिफाले नमान्ने उनले बताए। एन्फाको नयाँ नेतृत्व फुटवलको भावना बुझ्ने, विकास गर्ने र भ्रष्टाचार नगर्ने खालको हुनुपर्ने बताए। 
 
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको नाम प्रस्ताव गरेका छन्। अध्यक्ष गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष प्रतिबन्धमा परेपछि एन्फाका पदाधिकारीले  एआइजी शर्माको नाम प्रस्ताव गरेका हुन्।
 
शर्मा पूर्वराष्ट्रिय फुटबल खेलाडी समेत हुन्। अहिलेको एन्फा पदाधिकारीले असन्तुष्ट पक्षलाई नमान्ने र असन्तुष्ट पक्षले अहिलेको नेतृत्वलाई नमान्ने हुँदा मध्यमार्गी रुपमा शर्माको नाम प्रस्ताव गरिएको हो, एन्फाका एक पदाधिकारीले सेतोपाटीसँग भने। एन्फाका असन्तुष्ट पक्षपनि मिलेर जान सहमत भएका कारण शर्माको नाममा सहमति जुट्ने पक्कापक्कीजस्तै भएको एन्फाका अर्का पदाधिकारीले जानकारी दिए। 
 
शेर्पाले विधान मिचेर नेतृत्व चयन गर्न नसकिने बताएका छन्। त्यसैगरी गीता राणा र टासी घलेको नाम पनि एन्फाको नयाँ नेतृत्वको लागि चर्चामा छ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.