सन्नी लियोन सगै अभिनय गर्ने नेपाली चेली


केही समयअघि बजारमा आएको एउटा नयाँ भोड्कामा बलिउड अभिनेत्री सन्नी लियोनले गरेको मोडलिङ स्टाइल मोडल मनीषा पराजुलीलाई मन परेको थियो । मोडलिङमा करिअर बनाउँदै गरेकी मनीषाले जब नेपालमा सोही भोड्काको विज्ञापनमा काम गर्ने अवसर पाइन्, उनी निकै खुसी भइन् ।
टेलिभिजन च्यानलमा सांगीतिक कार्यक्रम प्रस्तोताको रूपमा चर्चा कमाएकी मनीषाले केही महिनाअघि राजधानीमा सम्पन्न ‘मोडल क्वेस्ट इन्रटनेसनल नेपाल–२०१५’ मा भाग लिएकी थिइन् । सो कार्यक्रमबाट व्यावसायिक मोडलिङ यात्रा सुरु गरेकी उनी पछिल्लो समय मोडलिङ पेसामा छाउँदै छिन् । यसै क्रममा विभिन्न ¥याम्प मोडलमा फेसन सो गरेकी मनीषा विज्ञापन मोडलिङ र ¥याम्प मोडलिङमा रुचि राख्छिन् । फेसन सोमा विभिन्न स्टाइलका फेसनमा सजिएर ¥याम्पमा हिँड्दा निकै रमाइलो लाग्ने गरेको उनले बताइन् ।
डीजे पार्टीसँगै फेसन सो प्रायः साँझदेखि अबेर रातिसम्म हुने गर्छ । त्यस्ता कार्यक्रममा मोडलहरूले धूमपान, मद्यपान पनि त्यत्तिकै गर्छन् । तर, मोडलिङमा लाग्दैमा चुरोट  तान्नुपर्ने, ब्वाइफ्रेन्ड बनाएर घुम्नुपर्ने भन्ने कुरामा उनी सहमत छैनन् । त्यसो त मनीषा वाइनसम्म पिउँछिन् । मोडलिङ पनि पेसा भएकाले यसलाई मर्यादित बनाउनुपर्ने उनको सुझाव छ ।
तिन वर्षअघि मिस एसएलसी आइकनमा सहभागी हुँदा उनलाई यो क्षेत्रको बारेमा केही ज्ञान थिएन । तर, अहिले उनले यो क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएकी छन् । नाम र दाम दुवै हुने भएकाले यो पेसा मन परेको मनीषाले बताइन् । दुईओटा टेलिभिजन च्यानलमा कार्यक्रम प्रस्तोताको रूपमा काम गरिसकेकी यी मोडल काठमाडौं कोटेश्वरकी हुन् । उनी अहिले बानेश्वरको लिभरपुल इन्टरनेसनल कलेजमा १२ कक्षामा अध्ययनरत छिन् । अध्ययन र मोडलिङलाई सँगै अघि बढाउने योजना सुनाउँदै उनले अध्ययन सकेर नेपाली चलचित्रमा अभिनेत्रीको रूपमा काम गर्ने पनि बताइन् । उनलाई नयाँ चलचित्रमा प्रस्ताव आएको छ । आफू सो चलचित्रमा अनुबन्धित भएपछि मात्र चलचित्रको नाम बताउने मनीषाको कथन छ । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.