एप क्याम्पका सहभागीलाई ब्यवासाहिक जानकारी

कार्तिक १९।  एनसेलले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको एप क्याम्पका लागि छनोट भएका १५० समूहका लागि संचालित व्यवसाय विकास तथा प्रस्तुती सम्बन्धी क्षमता अभिबृद्धि सेमिनार बुधवार सम्पन्न भएको छ ।
एपको व्यवासाय विकास प्रर्वद्धन र आइडियाको प्रस्तुतिको समन्धमा दुइदिने सेमिनरमा थ्रिएच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सोहन बावु खत्रीले सहभागीहरुलाई एप निर्माण गर्दा लक्षित उपभोक्तालाई केन्द्रमा राखेर दिगो व्यवसायिक सोचका साथ कसरी निर्माण गर्ने बारेमा प्रशिक्षण दिएका थिए ।
खत्रीले एउटा उपयोगी एपको निर्माणको बाबजुत एपको प्रयोगमा उपभोक्ताका तर्फबाट आउन सक्ने संभावित जटिलताको कसरी समाधान गर्ने भन्ने विषयको पूर्वतयारीका सम्वन्धमा प्रतियोगीलाई सहजीककरण गरेका थिए ।
‘कुनै पनि एप आफैमा दिगो ब्यवसाय हुन सहज छैन । त्यसैले यसलाई दिगो व्यवसायमा रुपान्तरण गर्न, उपभोक्ताको समानुभुती र बजारको चाहानालाई संवोधन गर्न सक्नुपर्छ । यस कुरालाइ केन्द्रमा राखेर निमार्ण गरिने एपमा लगानी प्राप्त गर्न र एउटा दिगो व्यवसायको रुपमा विकास गर्न सहज हुन सक्छ’ खत्रीले भने ।
‘यो दुई दिनको सिकाई मेरो टोलिको लागि एकदमै सान्दर्भिक र महत्वपूर्ण साबित भएको छ’ प्रतियोगिताका एक सहभागी दिव्या गुरुङ्गले भनिन् । ‘शुरुमा हामीलाई लागेको थियो एप व्यवसायमा प्रविधि सम्बन्धी ज्ञान भए पुगिहाल्छ ।

तर, दिगो रुपमा बजारमा चल्न त एपका प्रयोगकर्ताको आकांक्षाको विचार पनि गर्नु पर्ने रहेछ र मार्केटिङ.तथा रेभिन्यु मोडलमा उत्तिकै कहत्वका साथ काम गर्नु पर्ने रहेछ । मेरो टिमले यी पक्षमा काम गर्न थालिसकेको छ’ उनले भनिन् ।
एनसेल एप क्याम्प २०१५ एनसेलले आफ्नो व्यवसायिक सामाजीक दायित्व अन्तर्गत डिजिटल क्षेत्रमा योगदान पुर्‍याउन काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ई-सेवा, नविल बैंक तथा मेटलाईफ ईन्स्योरेन्ससँगको सहकार्यमा आयोजना गरिरहेको छ । यसले सिर्जनशिल युवालाई नविन डिजीटल सल्युसन विकास गर्दै व्यावसायिक र आत्मनिर्भर बनाउन मद्दत गर्ने विश्वास एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
एनसेल एप क्याम्प २०१५ का लागि सहभागीले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी सहित चार विधामा मोवाईल एप बनाउने छन् । प्रतियोगीता अन्तर्गतको सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलका लागि छान्नेछन् ।
अन्तिम चरणमा प्रतियोगीले विज्ञबाट बिजनेश डेभलपमेन्ट, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुती गर्न थप कोचिङ प्राप्त गर्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुती तथा एपको डेमोन्स्ट्रेसन गर्नेछन् ।
प्रत्येक विधाका विजेताले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार तथा ती मध्ये पनि सर्वोत्कृष्ट ठहरीएको टिमले थप ५ लाख रूपैयाँ र यस्तै खाले अन्तर्राष्ट्रिय ईभेन्टमा सहभागी हुने स्पोन्सरशिप प्राप्त गर्नेछन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.