आज भाइटिका- साहित बिहान ११:५५

कार्तिक २७।   नेपाली हरुको दोश्रो महान चाड यमपन्चक को आज अन्तिम दिन अर्थात् भाइ टिका।  आज देश तथा बिदेशमा रहेका दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाई दीर्घायूको कामना गर्दछन्।  द्जुभाइले पनि आफ्ना दिदीबहिनीलाई  सक्दो दक्षिना तथा उपहार प्रदान गर्ने गर्दछन। 

तिहारको मुख्य दिन आज  ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको  छ ।

‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभबेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ । 
यम द्वितीयासमेत भनिने भाई टीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्ने गर्दछन् । भाई टीकाको दिन दिदीबहिनीले आफ्ना दाजूभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ । दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ । दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् । दाजुभाई तथा दिदीबहिनीलाई एक ठाउँ गराउने यो पर्व भ्रातृत्व प्रेमको अपूर्व पर्व समेत हो । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.