आज छठ पर्व मनाइँदै

मंसिर १ । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ अर्पण गरि छठ पर्व मनाईंदै छ ।
सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसादहरु अर्पण गरिन्छ भने भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीहरुलाई दुलही झैं सिंगारेर छठ पर्व मनाईंदै छ ।
उता, सप्तरीस्थित सप्तकोसी व्यारेजसहितका पोखरी र जलाशयहरुमा पनि छठको भव्य तयारी गरिएको छ । सदरमुकाम राजविराजस्थित भगवती, कल्टुदास, तुरन्ती लगायतका पोखरीमा छठको रमझम छाएको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम छाएको छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदैछ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाईंदै छ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, गौरीघाट, टेकु दोभानलगायतका स्थानमा छठ मनाईंदैछ ।
आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.