नेपाली क्रिकेट टोली आज युएई जाने

कार्तिक १७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार(आज) युएई जाँदैछ ।
नेपालले यही कात्तिक ३० गते र मंसिर २ गते पपुवा न्युगिनी विरुद्ध दुई वटा एक दिवसिय खेल खेल्नेछ ।
यसअघि स्कटल्याण्ड विरुद्धकोदुईवटै खेल गुमाएको नेपाल यसपटक भने विजयी हुने लक्ष्यका साथ युएई प्रस्थान गर्न लागेको हो ।
नेपालले आयोजना हुने भनिएका यी दुई खेल नेपाल क्रिकेट संघ क्यानको उदासिनता र अस्तव्यस्त प्रशासनका कारण युएईमा सारिएको हो ।
नेपालले पपुवा न्युगिनी विरुद्धको खेल पुर्व टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानसँग अभ्यास खेलको मौका समेत पाएको छ । यसैगरी नेपालले ओमानसँग पनि अभ्यास खेल खेल्नेछ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.