नेपाल क्रिकेट संघका पदाधिकारीलाइ विशेष अदालतले दियो सफाइ

कार्तिक २० । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष टंक आङ्कुहाङ लिम्बुसहितका १८ जनालाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाई दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशहरु भुपेन्द्रप्रसाद राई र नरेन्द्र कुमार सिवाकोटीको इजलासले सबै १८ आरोपितलाई सफाई दिएको हो ।
justify;">क्यानका अध्यक्ष आङबुहाङसहित तत्कालिन महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरु विनोद मैनाली, चतुरबहादुर चन्द, सुनिल मान अमात्य, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ सहित १० जना, राष्ट्रिय खेलकुद परिषद्का २ जना र ६ जना ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसनान आयोगले विशेष अदालतलमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
काठमाडौंको मुलपानीमा क्रिकेट मैदान बनाउने क्रममा आर्थिक अनियमितता भएको दावी अख्तियारले गरेको थियो । तर विशेष अदालतले भने उनीहरुको आरोप पुष्टि नभएको भन्दै सबैलाई सफाई दिएको हो ।
अदालतबाट सफाई पाएपछि सबै पदाधिकारीहरुले आफुहरु पुरानै जिम्मेवारीमा बहाली भएको प्रतिक्रिया दिएका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.