यसपालिको भाइटीकाको साइत बिहान ११ः५५ मा

कार्तिक २१।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।

तिहारको मुख्य दिन कार्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ ।

‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभबेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउनसकिन्छ’–समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने ।

उज्यालो, पशुपंक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाइ र सेलरोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कार्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ ।

कार्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कार्तिक २४ गते मंगलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ ।

काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ ।

नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी पस्दैन भन्ने छ । धार्मिक रुपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास रहेको प्रा.डा. गौतमले जानकारी दिए ।

कार्तिक २५ गते लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने पनि उनले जानकारी दिए । त्यसैदिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ ।

कार्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ । यसैदिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ । यसदिन साँझदेखि देउसी खेल्ने गरिन्छ ।

कार्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । रासस 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.