वर्ड प्रेस क्याम्प २०१५ नेपालमा पनि मनाइने

कार्तिक १६।  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५” मंसिर ५ गते हुने भएको छ ।
वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह-वर्डप्रेस नेपालद्धारा नेपालमा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
एक तथ्यांक आनुसार झण्डै ५ मा १ वटा विश्वका वेबसाइटहरु वर्डप्रेसले चल्छन् । यस संस्करणको वर्डक्याम्प जावलाखेलको नेपाल एडमिनिष्ट्रेटिभ स्टाफ कलेजमा हुनेछ ।
कार्यक्रम-वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनी, सूचना प्रबिधि का बिधार्थी तथा वर्डप्रेससँग सम्वन्धित व्यक्तिहरुसँग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका सुवास खड्काले दिए ।
कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागिता रहनेछ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।
कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने जानकारी पनि खड्काले दिए । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.