प्याज काट्दा आँखामा आँशु नआउने सायदै कमै होलान् । तर, अब चिन्ता नगर्नुहोस्, जापानको एउटा कम्पनीले यस्तो प्याजको विकास गरेको जसलाई काट्दा आँखा पोल्ने र आँशु आउने हुँदैन ।

उक्त सपना अहिले आएर पूरा भएको कम्पनीले बताएको हो । कम्पनीका सबै कामदारहरुले उक्त प्याजको प्रयोग गरेर हेर्दा कसैको आँखा नपोलेको र आँखाबाट आँशु नआएको बताइएको छ । यसको अर्थ उक्त प्याज खाँदा मुख पनि गनाउँदैन र हातमा नमिठो गन्ध पनि रहँदैन । यसो गर्दा उनीहरुले प्याजको स्वाद भने कायम राखिएको जानकारी दिएका छन् ।
हाउस फुड ग्रुप नामक कम्पनीले पहिलो पटक आँशु आउने तत्व हटाइएको प्याजको विकास गरेको हो ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीका अनुसन्धानकर्ताहरुले प्याजको रसायनिक बनावटको बारेमा एक दशकभन्दा बढी अध्ययन गरेको बताइएको छ । कम्पनीले सन् २००२ मा प्याज काट्दा किन मानिसको आँखाबाट आँशु आउँछ भन्नेबारेमा एउटा रिपोर्ट पनि प्रकाशन गरेको थियो । यस अध्ययनका लागि उनीहरुले अवार्ड समेत जितेका थिए । उक्त अध्ययनमा षोधकर्ताहरुले भविश्यमा प्याजमा रहेको आँशु आउने तत्वलाई हटाएर आँशुरहित प्याजको निर्माण गर्न सकिने परिकल्पना गरेका थिए ।

उक्त सपना अहिले आएर पूरा भएको कम्पनीले बताएको हो । कम्पनीका सबै कामदारहरुले उक्त प्याजको प्रयोग गरेर हेर्दा कसैको आँखा नपोलेको र आँखाबाट आँशु नआएको बताइएको छ । यसको अर्थ उक्त प्याज खाँदा मुख पनि गनाउँदैन र हातमा नमिठो गन्ध पनि रहँदैन । यसो गर्दा उनीहरुले प्याजको स्वाद भने कायम राखिएको जानकारी दिएका छन् ।
यद्यपि, यो सोँचलाई सही नमान्नेहरु पनि छन् । रसायनशास्त्री एरिक ब्लोकका अनुसार मानिसको आँखामा आँशु ल्याउने उक्त इन्जाइमले प्याजबाट किराहरुलाई टाढा राख्ने काम गर्छ । ‘उक्त गन्ध हाम्रो लागि भन्दा प्याजलाई यस संसारमा बाँच्नको लागि आवश्यक छ,’ उनले भने ।
यसो त कम्पनीले पनि उक्त प्याजको तत्काल व्यावसायिक रुपमा उत्पादन गर्ने सोच नरहेको बताएको छ ।