सडकमा नांगै दौडिन थाले मान्छेहरु

संसारमा बाच्नु  पर्छ जे पनि देख्न पाहिन्छ भन्ने उखान अमेरिकाको फ्लोरिडामा हालै  दिनमा निर्वस्त्र भएर मानिसहरु सडकमा दौडिएर साबित गरेका  छन् । यसरी मानिसहरु नांगै दौडिन थालेपछि धेरैले मानिसहरु बहुलाएको अड्कल काटे । तर वास्तवमा कुरो चाई अर्कै परेछ यो त औषधिको करामत पो रहेछ ।
परीक्षणको रुपमा रहेको एक नयाँ डिजाइनर ड्रग फ्लेका सेवनका कारण मानिसहरुमा यस्तो लक्षण देखिएको हो । यो सिन्थेटिक ड्रगको असरको घटना पहिलोपटक त्यतिबेला थाहा भएकेा हो जतिबेला प्रहरीले एक मानिसलाई सडकमा निर्वस्त्र दौडिरहेको र रुखविरुवा सँग सेक्स गरिरहेको अवस्थामा फेला पारे ।
उक्त व्यक्तिलाई पक्राउ गरिसकेपछि सोधपुछ गर्दा उसले आफु एक देवता रहेको दाबी गरेको थियो । फ्लेका नामको उक्त औषधि प्रयोग गर्ने अर्को एकजना व्यक्ति पनि सहरको व्यस्त सडकमा निर्वस्त्र घुमिरहेको देखिएको थियो । प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा उक्त मानिसले आफुलाई जर्मन सेर्फड कुकुरले लखेटिरहेको भन्ने अनौठो जवाफ दियो ।
फ्लेका नामक उक्त औषधिलाई इ सिगरेटसँग सेवन गर्ने गरिन्छ । यसले जिउको तापक्रमलाई बढाइदिन्छ । खासगरी यसलाई यौनवर्धक औषधिको रुपमा समेत प्रयोग गरिन्छ । यसको सेवनपछि मानिसहरुले अनौठो हरक तगर्न थाल्छन् । अमेरिकाको फ्लोरिडासँगै ओहियो, टेक्सास तथा टेनिसीमा पनि यो औषधि सेवन गरेका मानिसहरुले वितण्डा गर्न थालेका छन् । यो ड्रग एक खुराकको ५ डलरमा सजिलै पाउन सकिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.