विनाशकारी भूकम्पको नवौ दिन

बैसाख २०।  विनाशकारी भूकम्पमा परी हालसम्म कम्तिमा ७ हजार ६६  जनाको मृत्यु , घाइते हुनेको सङख्या करिव १४ हजार ४ सय पग्यो , भग्नावशेषमा पुरिएकाहरुको उद्धारकार्य जारी ।
भूकम्पका कारण्ँ मुलुकभरका १० हजार ४७७ सरकारी घर तथा भवन पूणरुपमा क्षति , १४ हजार १६८ घर तथा भवनमा आंशिकरुपमा क्षती ।
आइतबार बिहान तीन बजेर २९ मिनेट जा“दा सिन्धुपाल्चोक केन्द्र भएर ४.५ , ४ बजेर २४ मिनेट जा“दा दोलखा केन्द्र भएर ४.० र ५ बजेर ४७ मिनेट जा“दा गोरखा केन्द्र भएर ४.० रिक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्पमापन केन्द्रको जानकारी ।
गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड रिक्टर स्केलभन्दा माथिका १२८ भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हु“दै गइरहेको जानकारी ।
सरकारद्वारा स्थानीय प्रशासन मार्फत् मृतक परिवारलाई काजकिरिया खर्च वापतको ४० हजार रुपैया“ वितरण जारी ।
जापानले महाभूकम्पबाट काठमाडौंमा भत्किएका घरहरुको पुर्नसंरचना गरिदिने , जापान सरकारले तत्कालको लागि नेपाल सरकारलाई  दिने भनेको ८० करोड रुपैया“ भित्रको सहयोग आउदै ।
करिब १ लाख २६ हजार गर्भवती महिला भूकम्पबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोÈ (यूएनएफपिए)को अनुमान , नेपालमा करिव २० लाख प्रजनन उमेरका किशोरी तथा महिला रहेको र त्यसको करिव ५ प्रतिशत महिला गर्भवती रहेको उल्लेख ।
पटकपटकको भूकम्पको धक्काका कारण धादिङको तिप्लिङ  ८ मा  पहिरो गएर आ“खु खोला मुहान थुनीयो , आसपासका बासिन्दामा त्रसित ।
विनाशकारी भूकम्पपछि करिब आठ लाख मानिस काठमाडौंबाट बाहिरिएको ट्राफिक प्रहरीको जानकारी , शनिबार मात्रै ८२ हजार १४२ यात्रु बाहिरिए ।

भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाख २२ गतेसम्म २४ सै घण्टा खुला राखिने , विमानस्थलको विमान पार्क गर्ने स्थानको क्षमताभन्दा बढी संख्यामा विमानहरु अवतरण गराउनुपर्ने अवस्थालाई दृष्टिगत गरी पाकिर्ङ व्यवस्थापन गर्ने कार्य जारी ।

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.