महा भूकम्पको ११ औ दिन

बैसाख २२।  आज महा भूकम्पको ११ औ दिन सम्म  मृत्यु हुनेको संख्या ७ हजार ५५७ पुगेको छ । भूकम्पबाट १४ हजार ५३६ जना घाइते भएका छन् ।
गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २ हजार ९११ जनाको मृत्यु भएको छ भने ८५२ जना घाइते भएका छन् ।
यसैगरी नुवाकोटमा ९०४, धादिङमा ६८०, गोर्खामा ४१२, रसुवामा ४३३ र काभ्रेमा ३१५ जनाको मृत्यु भएको छ ।
भक्तपुरमा ३०४, ललितपुरमा १७३ र काठमाडौंमा १ हजार २०२ जनाको मृत्यु भएको छ ।
यस्तै दोलखामा ६९, मकवानपुरमा ३४, रामेछापमा २६, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
भूकम्पमा १० हजार ७१८ घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त र १४ हजार ७४१ घर तथा भवनमा आंशिकरुपमा क्षति पुगेको छ । 
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.