मृतकका परिवार लाई घर फर्किन सरकारले निःशुल्क टिकटको ब्यवस्था गर्ने

विभिन्न देशमा केहि कमाएर ल्याउला अनि देशमै केहि उध्यम गरुला भनि  बिदेसिएका  नेपाली कामदारका परिवार भूकम्पमा परि निधन भएको भए सरकारले देश भित्रिन र फर्कन  निःशुल्क टिकटको ब्यवस्था गर्ने भएको छ ।
आगामी जेठ महिनाभित्र तोकिएको मापदण्ड पूरा गरेको आधारमा काममा पुनः र्फकनुपर्ने भए दुवैतर्फको निःशुल्क टिकटको ब्यवस्था गर्ने सरकारले निर्णय गरेको हो ।
उद्धारमा खटिएका विदेशीको विदाइ कार्यान्वयन गर्ने
सरकारले भूकम्प प्रभावित क्षेत्रमा खटिएका विदेशी उद्धार टोलीको विदाइ कार्यान्वनय गर्ने पनि सरकारले निर्णय गरेको छ ।
अहिले काम गरिरहेका टोलीको कार्य प्रकृतिका आधारमा सम्बन्धित मन्त्रालयको समन्वयमा विदेशी टोलीको बिदाइ कार्ययोजना कार्यान्वयन गर्न विहीबारको मन्त्रीपरिषद बैठकले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई जिम्मेवारी तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
खोज र उद्धारमा परिचालन भएका विदेशी टोलीमध्ये कतिपय फर्किसकेका तथा केही जाने अवस्थामा रहेको जानकारी दिँदै केन्द्रीय दैवीप्रकोप उद्धार समितिले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
सरकारले भूकम्पपछिको खोज तथा उद्धार कार्यमा टोली पठाएर सहयोग पुर्‍याउने सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.