सलमान खानलाई ५ वर्ष जेलसजाय

भारतका चर्चित नायक सलमान खानलाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। सन् २००२ मा मुम्बईमा एकजना घरबिहीन मानिसलाई गाडीको ठक्कर दिएर हत्या गरेको अभियोगमा उनलाई अदालतले सजाय दिएको हो।उनलाई अभिप्राय बिना गरिएको हत्या अन्तर्गतको अभियोग लागेको थियो।
सलमान खानले आफ्नो गाडीमा चालक राखेको बताए पनि न्यायाधीशले भने उनैले मादक पदार्थ सेवन गरि गाडी चलाएको ठहर गरेका छन्।उनले मे ८ तारिखसम्मका लागि अन्तरिम धरौटी पाएका छन्।
सलमानले उक्त फैसलाविरुद्ध पुनरावेदन दिने अपेक्षा कानुनविद्हरुले राखेका छन्। उनी १० वर्षसम्म जेल पर्न सक्ने बताइएको थियो । तर संवाददाताहरुले भने उक्त फैसला उनको निम्ति गम्भीर धक्का रहेको बताएका छन् । ८० वटा भन्दा बढी फिल्ममा खेलिसकेका खान भारतका एकदमै चर्चित नायक हुन्। दबंग, रेडि, बडिगार्ड, एक था टाइगरजस्ता उनका फिल्महरु व्यवसायिक हिसाबले निकै सफल रहे।
बुधबार विहान, आफ्ना परिवार र साथीहरु सहित सलमान अदालतमा पुग्दा प्रशंसकहरुले उनको रिहाइको लागि कामना गरेका थिए। तर न्यायाधीश डि डब्लू देशपान्डेले उनलाई अभिप्राय बिना गरिएको हत्या मुद्दामा दोषी ठहर गरेका हुन्। न्यायाधीशले सुनुवाई सुरु भए लगत्तै सलमानले मादक पदार्थ पिएर सवारी साधन चलाएको निर्णय सुनाए। भारतीय टिभी च्यानलहरुले उक्त फैसला सुनेपछि सलमान अदालतभित्रै भक्कानिएको बताएका छन्।
बलिउडका सहकर्मीहरुले उनको समर्थनमा प्रतिक्रिया दिँदै सहानुभूति व्यक्त गरेका छन्।नायिका हेमा मालिनीले सलमानको लागि आफूले प्रार्थना गरिरहेको र उनी कम सजायबाट मुक्त हुनसक्ने आशा राखिरहेको बताइन्।
अधिकारीहरुका अनुसार सन् २००२ को सेप्टेम्बर २८ तारिखका दिन सलमानको ल्यान्ड क्रुजर गाडी मुम्बइको बान्द्रा क्षेत्रस्थित अमेरिकन एक्सप्रेस बेकरीमा ठोकिएको थियो।उक्त गाडी, सडकमा सुतिरहेका पाँचजना मानिसहरुमाथि गुडेको थियो।जुन घटनामा ३८ वर्षीय नुर उल्लाह खानको ज्यान गएको थियो भने अन्य तीन गम्भीर घाइते भएका थिए। एकजनालाई भने सामान्य चोट लागेको थियो।
उक्त मुद्दाको अभियोजनमा सलमानले मदिराको मातमा गाडी चलाइरहेको उल्लेख थियो।तर उनले गत मार्चमा अदालतमा आफू नमातेको र कसैको ज्यान पनि नलिएको भन्दै आफूविरुद्धको आरोपलाई अस्वीकार गरेका थिए। धेरै साक्षीहरुले भने त्यसमा असहमति जनाएका थिए।
सुरक्षामा खटिएका प्रहरीले बयानका क्रममा सलमानले मदिराका कारण आफ्नो गाडीको नियन्त्रण गुमाएको बताएका थिए। सन् २००७ मा ती प्रहरीको क्षयरोगबाट निधन भइसकेको छ।
गत एप्रिलमा सलमानका चालकले गाडीको चक्का अचानक फुटेपछि गाडी नियन्त्रणबाहिर गएका कारण दुर्घटना भएको बताए पनि अदालतले उक्त बयानलाई अस्वीकार गरेको थियो।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.