बाढीले बस्तीका घर घरमा पानि पसेपछि रातभर मानिसहरु सुत्न सकेनन । कतिपया मानिषहरुको घरका लत्ताकपडा पानीले बिगारेको थियो । सुनसरीको इटहरी स्थित टेग्रा खोलामा आएको बाढी बस्ती, बजार तथा सडकमा आएको थियो । टेग्रा खोलाको बाढीले इटहरी उपमाहनगरपालिकाका केही वार्डहरु पुरै डुबेको थियो । बाढीले पसल, फर्निचर तथा बिभिन्न उघोगहरु प्रभाबित बनाएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले इटहरीका केही स्थानका सडक काटेको छ । बस्ती बिचबाट बाढी पसेपछि घर तथा सडक हिलाम्य बनेका छन । बर्षाले सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा लगाएको लाखौ बराबरको तरकारी खेती समेत डुवाएको छ । मोरङको बिराटनगरका केही स्थानमा पनि घर भित्र बाढी पसेको प्रहरीले जनाएको छ ।
बर्षा पछि आएको बाढीले सुनसरी मोरङ औद्योगीक करिडोरका अधिकाशं उघोगमा पानी जमेको छ । यस्तै सप्तकोशी नदीमा पनि पानीको सतह बढेको छ । कोशी ब्यारेज प्रहरीले दिएको जानकारी अनुसार कोशीमा गए राती देखी एक्कासी पानीको सतह बढेको हो । बिहान ६ बजे कोशी नदीको पानीको बहाव ४१ हजार ७६५ क्युसेक मापन गरीएको प्रहरीले जनाएको छ । कोशी नदीको वहाव बढेपछि सुनसरीको प्रकाशपुर, चतरा लगायतका स्थानमा कटान हुने गर्दछ ।