सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छिन यी नायिका

जकार्ता। विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्चसमेत गर्दछन् तर डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् ।

डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ ।

डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिकासरह नै आफूलाई प्रस्तुत गर्र्दै आएकी थिइन् । तर सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउनुको प्रमुख कारण उनी सुन्दर हुनु नै रहेको प्रशंसकहरु बताउँछन् ।

सरकारको सो निर्णयविरुद्ध उनले अपीलसमेत गरेकी थिइन् । तर परिणाम निराशाजनक नै रह्यो । अन्ततः उनी प्रतिबन्ध झेलेर अभिनयबाट टाढिएको १० महिना बितेको छ ।
उनीमाथि लागेको प्रतिबन्ध अझै दुई महिना कायम रहनेछ । सो अवधिपछि उनले का मगर्न पाउने हुन् या फेरि पनि त्यस्तै प्रतिबन्धको सामना गर्नुपर्ने हो भन्ने प्रष्ट भइसकेको छैन ।

The post सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छिन यी नायिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.