काठमाडौं – बलिउड अभिनेत्री रानी मुखर्जीले चर्चित अभिनेत्री श्रीदेवीको मृत्युले आफू निकै दुखी भएको भन्दै जन्म दिन नमनाउने घोषणा गरेकी छन्। रानीले अभिनेत्री श्रीदेवीसँग आफ्नो घनिष्ट सम्बन्ध रहेकाले यो दुखद घडीमा जन्म दिन मनाउनुको कुनै अर्थ नरहेको बताएकी छन्।
श्रीदेवी आफ्नो मन पर्ने कलाकार मात्र नभएर एक असल मित्र पनि भएको भन्दै उनले दुख व्यक्त गरेकी छन्। उनले भनेकी छन्,’ बलिउडले एक असल कलाकार गुमाएको छ, यसको क्षतिपूर्ति गर्ने कुनै ठाउँ छैन।’
यही आउँदो मार्च २१ गते उनको ४० अौं जन्म दिन परेको छ।अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण फागुन ११ गते राति दुबईमा निधन भएको थियो।
The post श्रीदेवीको मृत्युले आफू निकै दुखी भएको भन्दै, रानी मुखुर्जिले गरिन यस्तो घोषणा ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.