SLC परीक्षा आजबाट सुरु, लेटर ग्रेडिङ पद्धति लागू

चैत १८ । यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुँदैछन् ।
यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार२ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।
एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।
एसएलसीका लागि देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी ७२ हजारभन्दा बढीको जनशक्ति खटाइएको छ ।
यसैबीच परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई मर्यादित बनाउन विद्यार्थी, अभिभावक, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.