स्मार्टफोन ह्याक हुनबाट यसरी बचाउनुहोस्

स्मार्टफोनको प्रयोग जतिजति बढ्दैछ उत्तिनै स्मार्टफोनमा स्टोर गरिने डाटा असुरक्षित बन्दैछन् । अर्थात् स्मार्टफोन ह्याक हुने खतरा बढिरहेको छ । वास्तवमा स्मार्टफोनको डाटा सुरक्षा चुनौतिपूर्ण बन्दै गइरहेको छ । आफ्नो स्मार्टफोनलाई सुरक्षित राख्दै ह्याकिंगबाट बचाउन के गर्ने त ?
स्मार्टफोनको सुरक्षाका लागि यसमा गुणस्तरीय एन्टी भाइरसको अवश्य पनि प्रयोग गर्नुहोस् । यसबाट तपाइँको स्मार्टफोनका हरेक कल या म्यासेज या अनय जानकारीहरुमा निगरानी राख्ने अनावश्यक फाइललाई हटाउन सकिन्छ ।

यसका लागि कुन एन्टी भाइरस प्रयोग गर्न सकिन्छ भन्ने जानकारीका विस्तृत रुपमा लिनका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
तपाइँले इन्स्टल नै नगरेको वा स्मार्टफोन खरीद गर्न इनबिल्ट एपको रुपमा रहेको एप बाहेक अन्य एपहरु तपाइँको स्मार्टफोन अकस्मात देखा पर्यो भने सचेत हुनुहोस्, किनकी त्यो खतराको लक्षण हुनसक्छ ।
उक्त एप कस्तो खालको हो भन्ने कुरा थाहा पाउनका लागि सेटिग्समा गएर एप अप्सनलाई छान्नुहोस् । त्यहाँ तपाइँको स्मार्टफोनमा इन्स्टल भएका सबै एप देखिन्छन् ।
त्यहाँ देखिने सबै एपहरु हेरिसकेपछि जुन एप तपाइँलाई काम लाग्दैन वा जबरजस्ती तपाइँको स्मार्टफोनमा इन्स्टल भएको छ त्यसलाई अनइन्स्टल गरिदिनुहोस् ।
तपाइँले एप तथा स्मार्टफोनमा इन्टरनेट चलाउने बेला विज्ञापनमा क्लिक गर्नुहुन्छ भने त्यसबेला भाइरस संक्रमणको खतरा बढि हुन्छ । त्यसैले विज्ञापनका लिंक क्लिक नगर्नुहोस् । त्यस्ता विज्ञापनहरु मध्ये धेरै असली विज्ञापन नभएर भाइरस वा मालवेयर हुने गरेका छन् र गुगलले त्यस्ता मालवेयर विरुद्ध कडा कदम चाल्ने गरेको छ ।
आफ्नो स्मार्टफोनको सफ्टवेयरलाई सधै अपडेट गरेर राख्नुहोस् । एन्ड्रोइड वा तपाइँले प्रयोग गर्ने फोन बनाउने कम्पनीले सधै आफ्नो सफ्टवेयर अपडेट गरिरहेको हुन्छ ।
कहिलेकाहीँ त्यस्ता अपडेट सुरक्षा सँग पनि जोडिएका हुन्छन् । त्यस्ता अपडेट तपाइँले गर्नुभयो भने तपाइँको स्मार्टफोन बढि सुरक्षित हुन्छ र ह्याकिंगबाट बचाउन सकिन्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.