विजुलीको बल्बले नै सफाचट् हुनेछन् कपडा

दिनहुँ घरमा धेरै लुगा कपडा धोइरहनुपर्ने महिलाहरुका लागि खुसीको खबर छ । अब कपडा धोएर लामो समय खर्च गरिरहनुपर्ने र अन्य कामका लागि समय छुट्टाउन नसक्ने महिलाहरुलाई थुप्रै समय बच्ने भएको छ ।
अब छिटै कपडा सफला गर्नका लागि धुनु आवश्यक पर्नेछैन । शोधकर्ताहरुले एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट प्रकाशले नै कपडा सफा गरिदिनेछ । उक्त प्रविधियुक्त बल्बको उज्यालो वा घाममा ६ मिनेटसम्म मैलो कपडा झुण्डाएर राख्दा त्यसमा भएको मैला आफै साफ हुनेछ ।
अस्ट्रेलियाको आरएमआटी विश्वविद्यालयका शोधकर्ताहरुले विशेष सुक्ष्म प्रविधि अर्थात् नानो टेक्नोलोजीबाट एक कपडा तयार गरेका छन् जुन आफै सफा हुन्छ ।
शोधकर्ताहरुले चाँदी तथा तामामा आधारित सुक्ष्म संरचनाबाट यो कपडा तयार गरेका हुन् । जसमा प्रकाशलाई सोस्ने क्षमता हुन्छ । जब यो नानो संसरचनामा प्रकाश ठोक्किन्छ यसमा उर्जा संचार हुन्छ र तातो इलेक्ट्रोन निस्किन्छ । उक्त तातो इलेक्ट्रोनले निकै धेरै उर्जा निकाल्दछ जसका कारण कपडाबाट धुलो, माटोे जस्ता अनेकन अजैविक मैलो पदार्थहरु बाहिर निस्किन्छन् ।
प्रयोगशालामा यो प्रविधि सफल भएको छ र अब यसलाई व्यवसायिक उत्पादनमा लैजाने चुनौति छ । तर यो प्रविधिबाट तयार कपडामा केवल अजैविक फोहोर मात्र घामले सफा गरिदिन्छ । जैविक फोहोरहरु पनि कपडाबाट आफै सफा हुने प्रविधिको समेत आविष्कार गरेमा मात्र यो उपयोगी हुने देखिन्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.