तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल झापामा हुने

चैत ४  । झापाको दुवागढीमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल भलिवल संघले पत्रकार सम्मेलन गरी आगामी वैशाखको पहिलो सातादेखि प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
बिहानी बचत तथा ऋण सहकारी संस्था दुवागढी र भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा पूर्वाञ्चल भलिबल संघ, मध्यमाञ्चलक्षेत्रिय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ, जाउलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब र विभागीय नेपाल पुलीस, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी सहित ८ वटा टिम सहभागी हुने निश्चित भएको छ ।
चार दिनसम्म सञ्चालन प्रतियोगिताको पहिलो हुनेलाई ३ लाख १५ हजार, दोस्रोलाई १ लाख ७५ हजार रुपौयाँ र तेस्रोलाई १ लाख १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.