४ वर्षे बालकलाई जन्मकैद

इजिप्टको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजायँ सुनाएको छ । ती बालक एक वर्षको छँदा उनले गरेको हत्याको अभियोगमा उनलाई अदालतले दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो ।
अदालतले आफु विरुद्ध आजिवस काराबासको सजायँ सुनाइरहँदा अहमद मन्सुल कर्मी नामका ती बालक अदालतमा उपस्थित थिएनन् । उनीमाथि ४ जनाको हत्या, ८ जनाको ज्यानमार्ने उद्योग, एक ठाउँमा सम्पत्ति लुटपाट तथा क्षतिका साथै पुलिस तथा सेनाका अधिकारीलाई धम्क्याएको अभियोग पनि लागेको छ । यी सबै अभियोग उनले एक वर्षको उमेरभित्रै गरेका थिए ।
सन् २०१४ को सुरुमा भएका घटनामा जन्मकैद सुुनाइएका ११५ जनामा अहमद पनि एक हुन् । उनीहरुलाई पश्चिम कायरोस्थित एक अदालतले यस्तो सजाय सुनाएको छ ।
ती बालकका वकिल फैसल अल सायदका अनुसार अहमदको नाम अपराधीको सूचिमा गल्तीले पर्न गएको भएपनि अदालतमा आफुले पेश गरेको उनको जन्मदर्ता प्रमाण अदालतले न्यायाधीश सामु पेश नगरेको आरोप लगाएका छन् । ती बालकको जन्म सन् २०१२ को सेप्टेम्बरमा भएको हो ।
वकिलहरुले ४ वर्षे बालकमाथि एक वर्षको उमेरमै हत्या, लुटपाट, ज्यानमार्ने उद्योग तथा धम्की जस्ता अपराध गरेको भन्दै  दोषी ठहर गरी अदालतले सजायँ सुनाउनुले इजिप्टमा न्याय नभएको प्रष्टाएको बताएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.