नेल आर्ट कसरी गर्ने ?


नारीले हरेक समय र अवस्थामा आफनो सुन्दरता निखार्न कुनै कसर बाँकी राख्दैनन् । त्यसैले हुनसक्छ सुन्दरताको अर्काे नाम नारी भन्ने गरिन्छ । बदलिँदो संसारसँगै फेसन डिजाइनको बजार पनि झन्झन् फराकिलो बन्दैछ । अझ महिलाको सन्दर्भमा त फेसन र डिजाइनिङ कम महत्वको हुने कल्पना पनि गर्न सकिँदैन ।
हरेक अंगलाई नयाँनयाँ डिजाइनमा ढाल्ने नारीहरुमा अहिले नेल आर्टको आर्कषण बढ्दो छ । साधारण तरिकाले नेल पलिस गर्ने नारीहरु पनि अहिले रंगीचंगी नेल पलिसले नङ सजाउन गर्छन् । यसरी नङ पालिसमा रमाउने नारीको  संख्या बढदो छ । नबढोस् पनि कसरी र ? पलिसको राम्रो आर्टले साधारण हातलाई पनि सुन्दर देखाउँछ । नङ सुहाँउदो रंगको प्रयोग र मिल्दो बुट्टा भर्ने कामलाई नै नेल आर्ट भनिन्छ । हुन त गोरो छाला र सल्लक्क मिलेको हातले मात्र हातको सुन्दरता पुर्ण हुँदैन, हातको सुन्दरता र शोभा बढाउने काम गरेको हुन्छ ।

सफा र मिलेका नङलाई झन् सुन्दर र आकर्षक पार्ने काम पलिसले गर्दछ । अझ पलिसको कमाल देखाउने काम भने सुहाँउदो र आर्कषक बुट्टाले गर्छ । कसैकसैले नंगलाई श्रृगार गर्ने नाममा जथाभाबी र भद्दा तरिकाले पनि पलिस गर्ने गर्दछन् । यसले नङको सुन्दरता निखार्ने काम गर्नुको सट्टा झन् भद्दा र फोहोरी देखाउने काम गर्दछ । नेल आर्ट गर्दा लगाउने तरिका जानेको भए वा नेल आर्ट गर्न सिपालु भए मात्र  गर्नुपर्छ । नत्र भने दक्ष ब्युटिसियनको हातबाट मात्र नेल आर्ट गराउनु पर्छ । नेल आर्ट पनि एउटा कला हो, जुन सिकेर वा जानकारी लिएर मात्र गर्नु आवश्यक हुन्छ ।

कस्तो रंग उचित ?


–    नेल आर्ट जस्तो पायो त्यस्तो नङ्मा गर्दा राम्रो देखिँदैन । यसका लागि सफा र मिलेको लामो नङको आवश्यकता पर्दछ ।
–    सानो नङमा नेल आर्ट गर्नै सकिँदैन भन्ने हुँदैन तर आवश्यकता अनुसार बुट्टा झिक्न नसक्दा नेल आर्ट प्रष्ट नदेखिने र भद्दा हुने हुँदा आकर्षक पार्न सकिदैन ।
–    विशेषतः नेल आर्ट गर्दा रङहरुको संयोजन मिल्नु एकदमै जरुरी हुन्छ । रङलाई मिसाएर आर्ट गरिने भएकाले बिभिन्न रङको म्याचिङमा विशेष ध्यान दिनुपर्छ । किनभने बुट्टालाई खुलाउन र थप आर्कषक देखाउन रङले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
–    नारीले कस्तो रङ छनौट र प्रयोग गर्ने भन्नेबारे पनि जानकारी राख्नुपर्छ । जस्तै ः रातोलाई सौभाग्यको प्रतीक मानिन्छ । त्यसैले विवाहिता नारीको  लागि रातो रङमा मिल्दो कुनैपनि रंगले आर्ट गर्न सकिन्छ । त्यस्तै अविवाहित नारीका लागि विशेष कालो र सेतो तथा वैजनीमा मिल्दो, आकाशे निलोमा मिल्दो कुनै पनि रंगले आर्ट गर्न सकिन्छ ।
–    राम्रो तथा आर्कषक ढंगबाट नेल आर्ट गर्न कम्तिमा १५ देखि २० मिनेट लाग्ने गर्दछ । लगाएको केही समय सुकाउनु अनिवार्य हुन्छ । अन्यथा – लत्पतिने सम्भावना हुन्छ ।
आवश्यक सामग्री
–    नेलपलिस
–    बेसकोट
–    टपकोट
–    कलर र बिभिन्न ब्रस
नेल आर्ट कसरी गर्ने ?

सर्वप्रथम त नङमा बेसकोट लगाउनु पर्ने हुन्छ । त्यसपछि आफनो पोशाक अनुसार आफूलाई सुहाउँदो नेलपलिस लगाउने अर्थात् आर्ट गर्ने । नेलपलिस राम्ररी सुकि सकेपछि त्यसको माथिबाट नङलाई आकर्षक बनाउनकालागि ग्लिटर, स्टोनजस्ता सामाग्री लगाउन सकिन्छ । जसले नङलाई थप आर्कषक पार्न मद्दत पु¥याउँछ ।
पलिस छनौट र अपनाउनु पर्ने सावधानी
–    नेलपलिस स्वास्थ्यका लागि आफंैमा हानिकारक भए पनि केही सावधानी अपनाएर प्रयोग गरेमा यसको असरबाट बँच्न सकिन्छ । नेलपलिसको गुणस्तर कस्तो प्रकारको छ र  त्यसबाट के कस्तो असर पर्नसक्छ भन्ने कुरामा होसियार रहनुपर्दछ । कमसल र  कडा केमिकलयुक्त नेलपलिस प्रयोग गर्नु हुँदैन ।

–    कसैकसैले पलिस लगाउँदा छालासम्म पर्ने गरी लगाउने गर्छन् । यसले छालामा प्रत्यक्ष असर पुगिरहेको हुन्छ । त्यसैले यो कुरामा पनि विशेष विचार पु¥याउनु पर्छ ।

–  नेल आर्ट गरि सकेपछि त्यसलाई धेरै दिन या लामो समयसम्म नङमा राखिरहने गरेको पनि पाइन्छ । तर यस्तो गनु हुँदैन । लामो समयसम्म नङमा पलिस राख्दा नङ सुन्निने, फुल्ने, कालो हुने जस्ता  समस्या आउन सक्छ । नङमा पलिस लगाएको भोलिपल्ट नै नेल रिमुभरले सफा गर्नुपर्छ । यसो गर्दा कुनै साइड इफेक्ट हुँदैन ।
कसैकसैलाई नेलपलिसले पोल्ने, एलर्जी हुने, नङ सुन्निनेजस्ता समस्या हुन सक्छ । त्यस्तो समस्या भएकाहरुले नेल आर्ट तथा नेल पेन्ट नगर्दा नै बेस हुन्छ । नेलआर्ट तथा पेन्ट गर्न इच्छुक नै भए दक्ष ब्युटिसियनको परामर्श लिएर गर्न सकिन्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.