बिहीबारदेखि सिमरा गोल्डकप


फागुन २०।  मोफसलकै सर्वाधिक पुरस्कार राशीको सिमरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
आयोजक नव जनजागृति युवा क्लबले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । बिहीवारदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब र बिजय युथ क्लब हेटौडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिजय डिस्ट्रीलरीको मुख्य प्रायोजन रहने प्रतियोगितामा ए डिभिजनका पाँच क्लब सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा दुई पटकको बिजेता मनाङ मस्र्याङदी क्लबसहित थि्रस्टार क्लब, नेपाल आर्मी, नेपाल एपिएफ, सरस्वती युथ क्लब, रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड, बिजय युथ क्लब र आयोजक नव जनजागृति युवा क्लबले सहभागीता जनाउनेछन् ।
राजधानी बाहिरकै प्रतिष्ठित फूटवल प्रतियोगिताको रुपमा परिचय बनाएको गोल्डकपको आयोजना हुने सिमरा रंगशालाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कासिम मियाले बताए । मियाले खेल मैदान मर्मतका साथै अस्थाई प्याराफिट बनाउने काम सकिएको जानकारी दिए ।
६० लाख अनुमानित बजेट रहेको प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार नगद पुरस्कार पाउनेछ । यो पुरस्कार रकम मोफसलमा आयोजना हुने प्रतियोगिताहरुमध्येकै उच्च हो । प्रतियोगिताको उपबिजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वोत्कृट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ । त्यस्तै आआˆनो बिधामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जनालाई जनही १५ हजारले पुरस्कृत गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले पनि तीन हजार पाउनेछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.