किन हुन्छ स्तनको आकार फरक–फरक ?

बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ । उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो । डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन । तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ  विज्ञहरुले नै देलान् । तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन । सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो । केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले । ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि । जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ । हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ । महिलाहरको यौन अंग विकसित भएपछि महिला सेक्स हर्मन (इस्ट्रोजिन)ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ । किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ । स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.