१६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान

जापानका वैज्ञानिकहरुले १६ बर्ष पुरानो मुसाको मृत कोषबाट क्लोनिङ प्रविधि अपनाई उस्तै शरीर र ब्यबहार भएको स्वस्थ मुसो तयार पारेका छन् । मृत कोषबाट पुनर्जीवन सिर्जना गरिएको वैज्ञानिक जगतमै यो पहिलो पटक हो ।
विज्ञान जगतलाई चकित पार्ने र नयाँ आशा पैदा गर्ने उक्त वैज्ञानिक परीक्षण जापानको कोबे शहरस्थित जीवशास्त्रविकास केन्द्रका वैज्ञानिकहरुको एक टोलीले गरेको हो । यस सफल परीक्षणले अस्तित्वको खतरामा परेका जनावरहरुका प्रजातिको संरक्षण गर्नेदेखि लोप भइसकेका प्रजातिहरुलाई चिहानबाट उठाई पुनर्जीवन प्रदान गर्ने कार्यसम्मको सम्भावना जन्माएको बताईन्छ ।
परीक्षणमा डा. वाकायामाको टोलीले १६ वर्ष पहिले मुत्यु हुनासाथ माइनस २० डिग्री सेल्सियस तापक्रममा संकलन गरिएको मुसाको दिमागको कोषलाई प्रयोग गरेको थियो । वैज्ञानिकहरुका अनुसार त्यति कम तापक्रममा राखिएपछि मृत शरीरका कोषहरु चिसोले जम्ने क्रममा नै नाश भईसक्छन् । तर डा. वाकायामाले कोष तन्तुहरुलाई पिस्ने प्रक्रिया अपनाई चिसोले जमेको मृत कोषभित्र अझै सुरक्षित अवस्थामा रहेको न्युक्लेसलाई छुट्याएर निकाल्ने तरिकाको आविष्कार गरे । यो आविष्कारमा मृत अवस्थामा पनि न्युक्लेसभित्र सुरक्षित रहेका बंशाणु तथा डि.एन.ए लाई पुनः क्रियाशील बनाउन बाटो खुला भएको छ ।
यस अघिसम्म चिसोले जमेर रहेको कोषलाई पगालेर क्लोनीङ गर्न कठिन हुने धारणा वैज्ञानिकहरुले बनाउँदै आइरहेका थिए । किनभने, उनीहरुको तर्क थियो, बरफका मणिभहरुले डि.एन.ए लाई नष्ट गर्छ । र जापानी वैज्ञानिकहरुले बरफमा जमेर रहेको मृत मुसोलाई पगालेर त्योसँग रहेको मस्तिष्क तन्तुमा रहेको कोषभित्रको न्युक्लेस संकलन गर्न सफलता प्राप्त गरे । त्यसपछि उनीहरुले न्युक्लेस झिकेर डि.एन.ए रहित पोथी मुसाको डिम्ब कोष उक्त न्युक्लेस पसाईदिए । मृत कोषबाट निकालेर ल्याईएको न्युक्लेसभित्रका डि.एन.ए हरु निस्क्रिय थिए । तिनीहरुलाई क्रियाशिल तुल्याउन वैज्ञानिकहरुले डिम्बलाई विद्युतीय झट्का दिए ।
अचम्मको कुरा, मृत कोषको न्युक्लेस पाएको डिम्बभित्र जैविक प्रक्रिया शुरु हुन थाल्यो । डिम्ब कोष विभाजित हुँदै कोषहरुको संख्या थपिदैं त्यो भ्रुणमा विकसित भयो । प्रयोगशालामा तयार पारिएको त्यस भु्रणलाई केही दिनपछि वैज्ञानिकहरुले जीवित र स्वस्थ पोथी मुसाको गर्भाशयमा १६ बर्ष पहिले मृत मुसाको जन्म भयो, जुन १६ बर्ष पहिले मृत मुसाको दुरुस्त स्वरुप वा क्लोन थियो ।
जापानी वैज्ञानिकहरुले मृत मुसाको कोषबाट स्वस्थ क्लोन तयार पार्न सफलता प्राप्त गरेपछि लोप भइसकेको जनावरहरुको पनि क्लोन तयार गरी उनीहरुलाई पुनर्जीवन दिन सकिन्छ भन्ने विचार विज्ञान जगत उठ्न थालेको छ । उनीहरु अहिले लाखौं वर्ष पहिले नै लोप भएको हात्तीको हाराहारीको भीमकाय म्यामोठ नामको जनावरलाई पुनरागमन गर्न सकिन्छ भनी सोच्न थालेका छन् । किनकि ती जनावरहरुको अवशेष पृथ्वीको बरफले ढाकिएका स्थानहरुमा बरफसँगै जमेर रहेको हुन सक्ने सम्भावना छ ।
मृत मुसाको शरीरको कोषबाट क्लोन तयार गर्न सफलता प्राप्त भएबाट त्यस्तो क्लोन मृत मानिसको पनि तयार गर्न सकिन्छ कि भन्ने विचार अहिले उठ्न थालेको छ । (एजेन्सीहरुको सहयोगमा)

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.