बालि रुङ्ग्न यौनखेलौना बारीमा

आफ्नु लगाएको बलिको सुरछ्या गर्न जसलाई पनि चिन्ता हुन्छा नि। बालीनालीलाई चराचुरुंगी, बाँदर तथा अन्य जीवहरुबाट बचाउनका लागि खेतबारीमा झुत्रे लुगाहरुको बुख्याँचा बनाएर ठड्याएको त देख्नुभएकै छ ।
तर यौन खेलौना अर्थात् सेक्स डलकै बुख्याँचा बनाएर खेतबारीमा ठड्याउने चलन भने अहिलेसम्म चलेको थिएन । हाम्रो चलन नचलेर के गर्नु ? छिमेकी देश चीन यो मामिलामा एक कदम अघि बढ्दै खेतबारीमा पनि सेक्स डलका बुख्याँचा ठडाउन थालेछ ।
चीनको सिचुआन प्रान्तको राजधानी चेंग्दुका एक किसानले आफ्नो बारीमा हावा भर्न मिल्ने सेक्स डललाई बुख्याँचाको रुपमा ठड्याएका छन् ।
दुरुस्तै एक महिला जस्तै देखिने यो सेक्स डलले पहेँलो हेल्मेट समेत पहिरिएको छ । बाहिरी लुगा समेत लगाइदिएका छन् उनले । यो ठ्याक्कै मानिस जस्ते देखिने भएकाले यसबाट चराचुरुंगी तथा बालीनाली खाइदिने अन्य जिवजन्तु समेत डराउने गरेका छन् । पहिलोपटक देख्ने मानिस पनि झसँग हुन्छ ।
उक्त सेक्स डल ती किसान आफैले किनेको नभै नजिकैको निर्माणस्थलका कामदारहरुले आफ्नो यौनइच्छा पूरा गर्न किनेर प्रयोग गरेको र त्यसपछि फ्याँकेको हुनसक्ने अनुमान गरिएको छ । कामदारको फ्याँकेको उक्त सेक्सडललाई ती किसानले घरमा ल्याई बुख्याँचाको रुपमा प्रयोग गरेका हुन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.