वाथ रोगका १८ लक्षण यस्ता छन्

हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई वाथ रोग भनिन्छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । वाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । वाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा वाथ रोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
हड्डी बिगार्ने वाथ
मासु बिगार्ने वाथ
नशा बिगार्ने वाथ
मुटु बिगार्ने वाथ
अरु कुनै संक्रमण तथा रोग सँग पनि वाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको वाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै वाथ जटिल प्रकारको हुन्छ । वाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको वाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको वाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।
अन्धविश्वासका कारण कतिपय मानिसले वाथ रोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय वाथ रोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी वाथ रोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले वाथ रोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।
वाथको रोगीलाई वाथ कै डाक्टर) भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको वाथ रोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । वाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट वाथ उत्पन्न हुनसक्छ ।
साधारणतयाः वाथ रोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि  र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने वाथ रोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।
वाथरोगका लक्षण
शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान, रहनसहन आदि कारणले पनि हुन्छ ।
कति वाथ सामान्य हुने गर्छ जस्ले हड्डी खिईने हुन्छ । जसलाई अस्टियोआरथाइटिस भनिन्छ । यो लाखौंमा एक जनालाई हुन्छ, त्यसमा पनि बढी महिलालाई देखिन्छ । हालसम्म नेपालमा वाथका रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
सामान्य कारणहरु
–यूरिक एसिड
–अव्यवस्थित जीवनशैली
–खानपान
–रहनसहन
–वंशाणुगत
–अटो इम्युन प्रोसेस
कतिपय वाथ वंशाणुगत कारणले पनि हुन्छ । तर वाथ सरूवा रोग भने होईन  वाथको लक्षण देखापर्नासाथ सर्वप्रथम के खाएर वा के गरेर जोर्नी वा शरीर दुखेको हो, त्यसलाई सकेसम्म चाँडो छाड्नुपर्छ । कतिपय वाथ त लक्षण देखिएको केही घण्टा वा महिना दिन भित्रै हड्डी बाङ्गिएर कुँजो हुने स्थितिमा समेत पुग्छ । त्यसकारण वाथको शंका लागेमा जतिसक्दो चाँडो चिकित्सकलाई भेट्नु पर्दछ जसले गर्दा निकोहुने संभावना बढी हुन्छ । वाथको उपचारमा चिकित्सा विज्ञानले  आधुनिक उपचार पद्धति र ईन्जेक्सनको विकास गरिसकेको हुनाले वाथलाई अभिशापको रुपमा नहेरी जतिसक्दो चाँडो उपचार गराउन सके नियन्त्रणमा राख्न सकिन्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.