
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको बताए ।राष्ट्रिय सरकार गठनबारे छलफल गर्न बसेको ३० दलीय मोर्चाको बैठकमा बोल्ने अधिकांश नेताहरुले पहिचान सहितको संविधान बनाएर मात्रै सरकारमा जान सकिने बताएका छन् । प्रचण्डको अध्यक्षतामा बसेको मोर्चाको बैठकमा बोल्ने अधिकांश नेताहरुले पहिचान सहितको संविधानलाई भन्दा सरकारलाई प्राथमिकतामा राख्न नहुने बताए ।