जेठ १९। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कुलप्रसाद शर्माले अपहरण तथा शरीर बन्धक मुद्दा खेपिरहेका सद्भावनाका नेता श्यामसुन्दर गुप्तालाई साढे ३ वर्ष कैद र एक लाख रुपैया“ जरिवाना गरेका छन् । व्यापारी पवन संघाईलाई अपहरण गरी फिरौती समेत लिएको प्रमाण सहित उनी विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेर अधिकतम १५ वर्ष सजाय हुनुपर्ने जिकिर गरेका थिए ।