जेठ २१। महा भूकम्पपछि खोज तथा उद्धारका लागि विभिन्न देश बाट आएका तथा बाकी रहेका भारत र क्यानडाका गरी ७६ सैनिक यसै साता फर्कने भएका छन्। यस अघिनै नेपाल सरकारले जेठ दोस्रो सातासम्म सबै विदेशी सैनिकलाई आ आफ्नो देश फर्किन आग्रह गरे पनि प्राविधिक कारणले केही सैनिक फर्किन ढिलाइ भएको सेनाको जानकारी।