मानिसको संवेदना पहिचान गर्ने रोबोट

 केही समय पहिले जापानद्वारा निर्मित मानिसको संवेदना पहिचान गर्ने तथा सोही अनुरुप प्रतिक्रिया जनाउन सक्ने रोबर्टको बिक्रि वितरण सुरु भएको छ । सफ्टब्यांक नामक कम्पनीले बनाएको पिपर नामको उक्त रोबोट अन्ततः बजारमा आइपुगेको छ । कम्पनीले यहीँ हप्तादेखि रोबोटको बिक्रि सुरु गरेको हो ।
सफ्टब्यांकले हरेक महिना १ हजार पिपर रोबोट बजारमा पठाउने लक्ष्य लिएको छ । यो रोबोटको मूल्य १ लाख ९८ हजार येन अर्थात झण्डै १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । यो रोबोट भाडामा समेत पाइनेछ र त्यसका लागि घण्टाको १५ सय जापानी येन अर्थात् १२ सय ५० रुपैयाँ तिनुपर्नेछ ।
रोबोट विज्ञ प्राध्यापक नोएल शार्केले भने पिपर रोबोटको व्यवसायिक उत्पादन गर्ने सफ्टब्यांक कम्पनीको रणनीति जोखिमपूर्ण रहेको टिप्पणी गरेका छन् । यो अत्याधुनिक रोबोटको बिक्रि मुल्य अत्यन्तै कम हो । १ लाख ९८ हजार येनमा यो रोबोट बेच्दा त्यसको लागत पनि उठ्दैन ।
सोही कारणले कम्पनीले यसका उपभोक्तामाथि थप व्ययभार पनि लगाएको छ । यो रोबोट खरीद गर्नेलेसेवा शुल्कको रुपमा २४ हजार येन मासिक थप भुक्तान गर्नुपर्नेछ भने ३ वर्षे करार पनि गर्नुपर्नेछ ।
शेफिल्ड विश्वविद्यालयका प्राध्यापक शार्के का अनुसार सफ्टब्यांकले यो रोबोटका एपहरुबाट पैसा कमाउने आशा गरेको भएपनि यसका लागि कसैले एप निर्माण गर्लान् नगर्लास् त्यो भने निश्चित छैन । सुरुवातमा कम्पनीले यो रोबोटका लागि १ सय एप उपलब्ध छन् ।
अब यो रोबोटको व्यवसायिक उत्पादन फक्सकोन कम्पनीले गर्नेछ भने चिनिया अनलाइन बिक्रेता कम्पनी अलिबाबाले पनि यसमा सहकार्य गर्नेछ । यी दुबै कम्पनीले सफ्टब्यांकको रोबोटिक विभागमा संयुक्त रुपमा ११ करोड ८० लाख डलर लगानी ग्रेका छन् र कम्पनीको २० प्रतिशत शेयर उनीहरुको नाममा हुनेछ ।
अहिलेका लागि यो रोबोट जापानमा मात्र बिक्रि सुरु भएको हो र अरु देशको बजारमा कहिले उपलब्ध हुनेछ भन्ने कुरा भने खुलाइएको छैन । कम्पनीका प्रमुख कार्यकारी मासायोसी सनका अनुसार सम्भवतः अर्को वर्षदेखि जापान बाहिर रोबोटको बिक्रि हुनेछ ।
पिपरले मानिसको अनुहार सम्झिन सक्ने र मानिसको इमोसन समेत पहिचान गर्न सक्छ ।
रोबोट विज्ञ शार्केले भने यो रोबोटको बारेमा यथार्थभन्दा बढि प्रचार गरिएको र यो रोबोटसँग मानिसको कुराकानी एकतर्फी जस्तो मात्रै हुने र यसले धेरै प्रश्नमात्र सोध्ने बताउँछन् ।
२० वटा भन्दा बढि मोटर तथा धेरै जोर्नीयुक्त लचकदार पाखुराले युक्त यो रोबोट खासगरी घरायासी कामकाज तथा वृद्धवृद्धाको स्याहार तथा सहयोगमा लोकपि्रय हुने विश्वास गरिएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.