सौर्य उर्जाबाट चल्ने विमान अहिले विश्व भ्रमणमा रहेको छ । चीनले भने यहीँ मौकामा विद्युतबाट चल्ने जहाज निर्माण गरेको छ ।
बि एक्स वान इ नामको उक्त इलेक्ट्रिक जहाजको पखेटा साढे १४ मिटर लामो तथा यसको अधिकतम वजन २ सय ३० किलोग्राम रहेको बताइएको छ ।
यो जहाजको मूल्य झण्डै १० लाख युआन अर्थात् १ करोड ६० लाख रुपैयाँ छ । चिनिया सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार यो जहाज ३ हजार मिटरको उचाइसम्म उड्न सक्छ । यो जहाजलाई दुइ घण्टाभित्रमा चार्ज गर्न सकिने र यसको अधिकतम गति प्रतिघण्टा १ सय ६० किलोमिटर रहेको बताइएको छ । यसलाई यस पटकमा ४५ मिनेट देखि १ घण्टासम्म मात्र उडाउन सकिन्छ ।

अहिलेसम्म २८ वटा यस्तो जहाज निर्माणको लागि अर्डर प्राप्त भैसकेको कम्पनीले जनाएको छ ।