असार ५। एसएलसी परीक्षाको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत अर्थात १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण, छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उतीर्ण । विशिष्ट श्रेणिमा २१ हजार ४ सय ४७ जना, प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना, दोस्रो श्रेणीमा ७६ हजार ४ सय ८२ जना, तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उतिर्ण । २ विषयमा अनुतीर्ण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयको जानकारी।