हराएको मोबाइल खोज्ने सजिलो तरिका, प्रहरीकहाँ धाउनु पर्दैन्

अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ । साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् । मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।

जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् । तरपनि मोबाइल हराउने खतरा जहिले पनि हुन्छ । यस्तोमा हराएको मोबाइल कसरी फेला पार्ने ? यो आलेखमा हराएको मोवाइल फेला पार्ने उपयोगी उपाय उल्लेख गरिएको छ ।

यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । यसका लागि निम्नखिखित उपायहरु अपनाउनुहोस् ।

पूर्वसावधानी फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ । यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

कम्प्युटरबाट ट्र्याक गर्ने यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस् । यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । ध्यान राख्नुस् कि, तपाईले यहाँ त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई राख्नुभएको थियो । त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ ।

र, यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ ।

यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाइको फोनको घन्टी बज्छ । लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईका सबै निजी डाटाहरू मेटिन्छन् । एजेन्शीको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.